दफा २५
अनुगमन तथा मूल्याङ्कन

२५. अनुगमन तथा मूल्याङ्कन

नीति कार्यान्वयनको समग्र स्थितिको वार्षिक तथा आवधिक मूल्याङ्कन राष्ट्रिय योजना आयोगले गर्नेछ । नीतिको भौतिक उपलब्धिको अनुगमन तथा कार्यगत मूल्यांकन उद्योग मन्त्रालयले गर्नेछ । लगानी वातावरणको समग्र अवस्था वारे अध्ययन
अनुसन्धानको माध्यमबाट लगानी वोर्डले पनि अनुगमन र मूल्यांकन गर्नेछ । नीति कार्यान्वयनको समग्र पक्षको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिनेछ । यस नीति अन्तर्गत स्थापित हुने लघु उद्यमहरूको अनुगमन स्थानीय गा.वि.स. वा न.पा.ले गर्ने र यसको जानकारी लघु उद्यम, घरेलु र साना उद्योग प्रवद्र्धन बोर्डको जिल्ला कार्यालयमा दिइनेछ । यसका निमित्त आवश्यक भए बोर्डको जिल्ला कार्यालयसँग थप सहयोग माग गर्न सक्नेछ । घरेलु र साना उद्योगहरूको आवधिक अध्ययन, अनुगमन र मूल्यांकन गर्ने व्यवस्था लघु उद्यम, घरेलु र साना उद्योग प्रवद्र्धन वोर्ड र यस मातहतका कार्यालयले गर्नेछन् । उद्योगहरूको वर्गीकरणको आधारमा मझौला तथा ठूला र अनुमति लिनु पर्ने वर्गका साना उद्योगको अनुगमन उद्योग विभागबाट हुनेछ ।